धनगढीमा रवि र बालेनको सम्बोधन, बेथितिको सटर बन्द गर्ने उद्घोष
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले कुशासन, भ्रष्टाचार, बेथितिको सटर फागुन २१ गतेबाट बन्द गराउने उद्घोष गर्नुभएको छ ।
धनगढीमा आयोजित चुनावी सभामा रास्वपा सभापति लामिछानेले जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्र लेख्ने युगलाई अन्त्य गर्ने उद्घोष गर्नुभयो । उहाँले ५ वर्षको स्थायी सरकार चलाएर सबै बेथिति हटाउने प्रतिबद्धता समेत जनाउनुभएको छ । रास्वपा सभापति लामिछानेले अब बाचा गर्ने तर पूरा नगर्नेले सजाय पाउनेगरि शासकिय सुधारको प्रतिबद्धता समेत जनाउनुभएको छ ।
यस्तै, नेपाली माल भएको, चाल नभाको पर्यौँ भन्दै रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहले आफूहरु भोट माग्न नभई जनतासँग काम दिनुहोस भनेर काम माग्न आएको बताउनुभयो । उहाँले सुदूरपश्चिमको गीत काठमाडौंको चोकचोकमा जोडिएपछि काठमाडौंसँग सुदूरपश्चिम जोडिने दाबी गर्दै देश बनाउन आफूहरुले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
















तपाईको प्रतिक्रिया