अष्ट्रेलियामा नेपाली मूलको पहिलो सांसद बन्ने दौडमा अञ्जन पौडेल
काठमाडौं । अष्ट्रेलियाको नर्थन टेरिटोरी, नाइटक्लिफ निर्वाचन क्षेत्रमा आगामी मार्चमा हुने उपनिर्वाचनमा नेपाली मूलका युवा अञ्जन पौडेल चुनावी मैदानमा उत्रिनुहुने भएको छ ।
नेपाली मूलका युवा अञ्जनलाई सत्तारुढ दल कन्ट्री लिबरल पार्टीले उम्मेदवार बनाएर मैदान उतारेको हो । सन् २०१५ मा अध्ययनका लागि अष्ट्रेलिया पुग्नुभएका अञ्जन हाल कानून व्यवसायीका रुपमा क्रियाशिल हुनुहुन्छ । उहाँ सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ। नाइटक्लिफ निर्वाचन क्षेत्रमा २०२४ को निर्वाचनमा ग्रीन पार्टीले जितेको थियो । सांसदको स्वास्थ्य अबस्थाका कारण राजीनामा दिएपछि उपनिर्वाचन हुन लागेको हो।
स्थानीय नेतासँगै मुख्यमन्त्रीको समेत अञ्जनलाई समर्थन रहेको छ । निर्वाचनबाट यदि विजयी भएमा अञ्जन अष्ट्रेलियामा नेपाली मूलको पहिलो सांसद बन्नुहुनेछ।
















तपाईको प्रतिक्रिया