Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीका चर्चित नेपाली टिकटकर बिज्जु ठगको निशानामा, यसरी परे फन्दामा

सिड्नीका चर्चित नेपाली टिकटकर बिज्जु ठगको निशानामा, यसरी परे फन्दामा


सिड्नी/अष्ट्रेलियाको नेपाली समाजमा मात्रै होइन, द टेलिग्राफ पत्रिकाको सिड्नीका १ सय प्रभावशाली व्यक्तिको सुचिमा समेत परेका चर्चित टिकटकर हुन् विजय बानिया । अष्ट्रेलियामा अध्ययनरत तीनै बानिया आज बिहान ‘हनी ट्रयाप’को निशानामा पर्नुभएको छ । बिज्जु समेत भनेर चिनिनुभएका विजयको टाउको नग्न पुरुषको शरिरसंग जोडेर भिडियो बनाई ठगहरुले पैसा माग्न थालेका हुन् ।

नेपालट्युबसंग कुरा गर्दै बिज्जुले, ठगले १५ सेकेण्डको भिडियो पठाएर ब्यालमेलिङ गर्न थालेको बताउनुभयो । भिडियोमा बिज्जुको टाउको अर्कै पुरुषको शरिरमा जोडिएको प्रष्टै देखिन्छ । ठगहरुले उक्त भिडियो परिवारका सदस्य, आफन्त र साथीभाईलाई पठाईदिने भन्दै बिज्जुसंग १ हजार डलर मागेका थिए ।

फेसबुक मेसेजमा छद्मभेषी नाम गरेका ठगले ‘तिमी निकै फेमस छौ, यो भिडियो हामीले सार्वजनिक गरिदियौं भने तिमी बर्वाद हुन्छौ’ भन्दै डर र धम्की समेत दिएको बिज्जुले बताउनुभयो । यस्तो मेसेज आएपछि बिज्जुले तत्कालै आफ्नो फेसबुक एकान्ट डिलिट गरिसक्नुभएको छ भने, टिकटर र इन्ष्ट्राग्राम समेत प्राइभेट सेटिङमा राखिसक्नु भएको छ । यस्तो मेसेज आएपछि आफु निकै तनावमा आएको समेत बिज्जुले नेपालट्युबलाई बताउनुभयो । तनाबकै बिच काममा गएका बिज्जु काम सकेर केही बेरमै घटना बारे स्क्यामवाच र प्रहरीमा उजुरी गर्ने प्रकृयामा रहेको बुझिएको छ ।

कसरी भयो घटना

५ दिन अगाडी आफ्नो फेसबुकमा आएका फ्रेण्ड रिक्वेष्टहरु काटछाट गर्ने क्रममा झुक्किएर एउटा अपरिचित अकाउन्ट साथी बन्न पुगेको बिज्जुले बताउनुभयो ।
जेसिका स्यान्टिआगो नामको उक्त नक्कली फेसबुक आइडीबाट बिज्जुलाई सोमबार बिहान ४ बजे एक्कासी भिडियो कल आएको थियो । काममा जान तयारी गरिरहेकै बेला फेसबुक मेसेन्जरमा भिडियो कल आएपछि बिज्जुले उठाउनुभयो ।

केही सेकेण्ड बिज्जुको भिडियो मोबाइलको स्क्रिनमा देखिएपछि उता पट्टी भने कोही देखिएको थिएन । केटीका आवाजमात्र आउन थालेपछि फोन काटेर बिज्जु आफ्नो नित्यकर्ममा लाग्नुभयो । त्यसको केही घण्टा पछि आफ्नो फेसबुक च्याटको भिडियोबाट निकालिएको टाउको जोडेर बनाइएको अश्लिल भिडियो मेसेज आएपछि बिज्जुको होसहवास् उड्न थालेको हो ।

अष्ट्रेलियामा दोस्रो ठुलो स्क्याम हो रोमान्स र डेटिङ

यस्तो ठगको निशानामा पर्ने बिजय एक्ला पात्र होइन । अष्ट्रेलियामा हुने स्क्यामहरु मध्ये दोस्रोमा पर्छ यस्ता ठगी । रोमान्य र डेटिङ वर्गमा राखिने यस्ता ठगीबाट गत वर्षमात्रै ५० मिलियन डलरभन्दा बढी पैसा गुमेको स्क्यामवाचको तथ्यांक छ । ठगहरुले सामाजिक संजालमा नक्कली आइडी बनाई, प्रेमको जालोमा पारेर पैसा लुट्ने गरेको पाइन्छ ।
तपाई पनि स्क्याममा पनुभएको छ भने कृपया स्क्यामवाचको यो वेवसाइटमा गएर उजुरी गनुहोस्


ट्याग : #bijaye baniya, #bijju, #dating scams, #romance scam, #scam, #sydney, #tiktok nepal
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ