Friday, 20 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोर्चुगलमा नेपाली राजदूतावास उद्घाटन

पोर्चुगलमा नेपाली राजदूतावास उद्घाटन


काठमाडौं । पोर्चुगलको राजधानी लिस्वनमा १० महिना अघि ( अप्रिल १६ २०२५) मा स्थापना भएर सेवा दिँदै आएको नेपाली राजदूतावासको ‘चान्सरी’ को बिहीवार औपचारिक उद्घाटन गरिएको छ ।

बिहीवार ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रको विदेश मामिला तथा सहयोग राज्य सचिव डा.आनाइसाबेल जेभियरले संयुक्त रुपमा नेपाली राजदूतावास कार्यालयको उद्घाटन गर्नुभएको हो ।  कार्यालय उद्घाटन पछि परराष्ट्र सचिव राईले दुई देशबीचको मित्रता र सहकार्य थप संस्थागत भएको बताउनुभएको छ ।

यता, पोुर्चगलका राज्य सचिव जेभियरले नेपालीको राजदूतावासलाई स्वागत गर्न पाउँदा हर्षित भएको बताउनुभयो । दुई देश बीचको आगामी कूटनीतिक प्रयासहरूमा पोर्चुगल सरकारको साथ सहयोग रहने प्रतिबद्धता सचिव जेभियरले जनाउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष बम बहादुर जीसीले  दूतावासबाट प्रदान हुने कन्सुलर सेवा अझ प्रभावकारी र छिटो बनाउन जोड दिनुभएको थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ