Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाले बढायो पिआरको संख्या, यो वर्ष १ लाख ९५ हजार कोटा

अष्ट्रेलियाले बढायो पिआरको संख्या, यो वर्ष १ लाख ९५ हजार कोटा


क्यानबेरा/पछिल्लो कामदार अभावलाई कम गर्न अष्ट्रेलियाले दिदै आएको स्थाई बसोबास भिषा पिआरको कोटा ३५ हजारले वृद्ध गरेको छ ।
क्यानवेरामा जारी रोजगार सम्मेलनमा सरकारका गृह मामिला मन्त्री क्लेयर ओनिलले यो वर्षको कोटा थप ३५ हजारले बढाइएको जानकारी दिनुभयो । सन् २०२२ का लागि सरकारले १ लाख ६० हजार स्किल माइग्रेसन अन्तगर्तको पिआरको संख्या छुट्याएको थियो ।

यो निर्णयले थप हजारौ कामदार, हजारौ नर्स र हजारौ इन्जिनियरहरु अष्ट्रेलिया आउने र अर्थतन्त्रमा सहयोग पु¥याउने मन्त्री ओनिलले सम्मेलनमा बताउनुभयो ।
बढ्दो कामदार अभावको समस्यालाई दिगो रुपमै समाधान गर्न हिजो सेप्टेम्बर १ देखि सरकारले विभिन्न सम्बन्धित निकायका प्रतिनिधीसंग सम्मेलनको आयोजना गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ