Friday, 20 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको संसदबाट नेपालीलाई सम्मान

अष्ट्रेलियाको संसदबाट नेपालीलाई सम्मान


काठमाडौं । अष्ट्रेलियाको संसदले नेपाली समूदायको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

न्यु साउथ वेल्सको संसदले एनआरएनए अष्ट्रेलियाको योगदानलाई औपचारिक रूपमा ‘कम्युनिटी रिकग्निसन स्टेटमेन्ट’ प्रदान गर्दै सम्मान गरेको हो । सांसद Mark Coure ले २२ अक्टोबर २०२५ मा संसदमा दिएको वक्तव्यमा संस्थाको कार्यको प्रशंसा गर्दै एनआरएनए अष्ट्रेलियाका  निवर्तमान अध्यक्ष अनिल पोखरेललाई धन्यवाद व्यक्त गर्नुभएको छ।

नवनियुक्त अध्यक्ष सन्तोष कुँवरलाई स्वागत गर्दै आगामी दिनमा सहकार्यको अपेक्षा सांसद Mark Coure ले संसदमार्फत गर्नुभएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ