Monday, 2 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज राति १२ बजेबाट मौन अवधि, के गर्न हुँदैन ?

आज राति १२ बजेबाट मौन अवधि, के गर्न हुँदैन ?


काठमाडौं ।  निर्वाचन आयोगका अनुसार सोमवार (आज) राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । यो अवधिमा दल र उम्मेदवारले चुनावी प्रचार,प्रसार गर्न पाईदैन ।

मौन अवधिमा के गर्न हुँदैन ? 

– मौन अवधिमा उम्मेदवार र राजनीतिक दलले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइदैन ।

– सामाजिक सन्जालमार्फत् कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न पाइँदैन ।

– कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने,  सामाजिक सञ्‍जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न समेत मौन अवधिमा निषेध गरिएको छ ।

यो अवधि उम्मेदवार र दलका घोषणापत्र र प्रतिबद्धता लेखाजोखा गरेर मतदाताले सोच विचार गरेर सहि निर्णय लिन व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

७२ घण्टाका लागि सीमा नाका बन्द

यता, फागुन २१ बिहीबारको निर्वाचनलाई लक्षित गर्दै आइतबार राति १२ बजेदेखि नेपालसँग जोडिएका सबै सीमा नाका बन्द गरिएका छन् । निर्वाचन सुरक्षा निर्देशिकाअनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडि सीमा नाका बन्द गर्नुपर्ने प्रावधान रहेकाे छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ