थकाली समुदायले फागुपूर्णीमामा मनाए परम्परागत तोरनल्ह पर्व
काठमाडौं । म्याग्दी र मुस्ताङका अल्पसंख्यक थकाली समुदायले फागुपूर्णीको अवसरमा तीन दिनसम्म चल्ने परम्परागत तोरनल्ह पर्व मनाएका छन ।

पर्वमा तारो हान्ने खेल, मौलिक वेषभूषामा सजिएर नाचगान, गोटा खेल र शुभकामना साटासाट गर्नेगरिन्छ । नेपालका विभिन्न क्षेत्रमा करिब ११ हजार थकाली जातिको बसोबास रहेको छ। विशेष गरी बेनी, दाना, भुरुङ–तातोपानी, दरवाङ र थासाङ क्षेत्रमा थकाली समुदायको मुख्य बसोबास स्थल हो ।
विदेश तथा अन्य स्थानमा बस्ने थकालीहरू समेत जन्मथलो फर्केर यो पर्वमा सहभागी हुने गर्दछन । Photo by – Princess Tulachan
















तपाईको प्रतिक्रिया