सिड्नी
काेराेनाका कारण अष्ट्रेलियामा अड्किएका आफ्ना नागरिकका उद्दार गर्न नेपाल वायु सेवा निगमकाे वाईड बडी जहाज भर्खरै सिड्नी अवतरण गरेकाे छ ।
स्थानिय समय अनुसार बिहानकाे ११: २३ मा विमान अवतरण भएकाे हाे । याे नेपाली विमानकाे चाैथाे अष्ट्रेलिया चार्टर्ड उडान हाे । यस विमानमा २५७ जना नेपाली स्वेदश फर्कदैछन् । काठमाण्डाैबाट सिधै सिड्नी उडान भरेकाे याे विमान स्थानिय समय अनुसार १ बजे दिउसाे मलेसियाकाे क्वालम्मपुर हुदै फर्कदैछ ।
यसअघि ब्रिजवेन, सिड्नी र क्यानवेरा आएकाे नेपाली विमानले काठमाडाैबाट अष्ट्रेलियाका नागरिककाे उद्दार गरेकाे थियाे । यसअघि खाली फर्किएकाे विमान यसपाली नेपाली लिन काठमाडाैबाट खाली नै आएकाे हाे । नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान गर्ने सहमति भईसकेका बेला उद्दारका लागि गरिएकाे चार्टर्ड उडानलाई काेसेढुंगाकाे रुपमा हेरिएकाे छ । अब दाेस्राे उडान जुन २७ तारिखमा मेलवर्नबाट हुनेछ । नेपालीकाे उद्दारबारे विशेष भिडियाे रिपाेर्ट हाम्राे युट्युब च्यानलमा हेर्नुहाेस्
तपाईको प्रतिक्रिया