Thursday, 21 November 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकहिलेबाट नेपाल अस्ट्रेलिया सिधा उडान ? यस्तो छ नेपाल वायुसेवा निगमको तयारी !

कहिलेबाट नेपाल अस्ट्रेलिया सिधा उडान ? यस्तो छ नेपाल वायुसेवा निगमको तयारी !


काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट अस्ट्रेलियाको सिड्नी सिधा उडान यहि वर्षबाट थाल्नेगरि तयारी अन्तिम चरणमा पुगेको जानकारि दिएको छ । काठमाडौंबाट अस्ट्रेलिया उडानको टेक्निकल ल्याण्डिङ मलेसिया वा सिंगापुर गर्ने र नागरिक प्राधिकरणबाट गर्नुपर्ने केही अडिटका काम सकेर यही वर्षबाटै उडान थाल्ने तयारीमा नेपाल वायुसेवा निगम जुटेको हो ।

अस्ट्रेलियास्थित उडड्यन प्राधिकरणबाट ल्यान्डिङ्ग लगायतका बिभिन्न अनुमती नेपालले पाइसकेको छ । के अडिटको काम नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पन्न गर्न लागेको र टेक्निकल ल्याण्डिङ मलेसिया वा सिंगापुर भन्ने टुंगो लगायर केही प्राविधिक समस्या समाधान गरेपछि उडान सुचारु गरिने नेपाल वायुसेवा निगमका प्रवक्ता इन्जिनियर मनोजकुमार शाहले नेपालट्युबलाई जानकारि गराउनुभएको छ । नेपालट्युबका नेपाल सम्पादक पुण्यप्रसाद धमलासँगको छोटो संवादका क्रममा टेक्निकल ल्याण्डिङ र प्राधिकरणले गर्ने अडिटको समस्या समाधान गरेर यही वर्षबाटै उडान थाल्नेगरि तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

केही समय पहिले मात्रै काठमाडौंबाट अस्ट्रेलियाको सिड्नी सिधा उडानको तयारी बारे नेपाल र अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको थियो । उक्त समयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दूई देशबीच गएको दशैंदेखि नियमित सिधा उडान गर्ने विषयमा आवश्यक तयारी भएको जानकारि गराउनुभएको थियो । यद्यपी टेक्निकल ल्याण्डिङ र केही अडिट पुरा गर्नुपर्ने भएकाले तयारी अनुसारको उडानमा केही ढिलाई भएको बताइएको छ । सन २०१९ मा दुई देशबीचमा सिधा हवाई उडान गर्ने विषयमा सहमती भएको थियो ।

यता, नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स को मकालु ९ एनएएलजेड विमानले नियमित उडान सुरु गरेसँगै निगमसँग रहेका ४ वटै विमान सञ्चालनमा आएका छन् । नेपाल एयरलाइन्सका सबै ४ विमान उडानका लागि प्रयोग हुँदा नेपाल अष्ट्रेलिया सिधा उडानमा समेत सहज हुने विश्वास गरिएको छ । नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले समेत पर्यटन, हवाई उड्डयन, नेपालको विकास प्रयासमा सघाउन आफू प्रतिबद्ध रहेको बताउदै आउनुभएको छ । सन् १९६० मा नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक मैत्री, सहयोग र साझेदारी प्रगाढ बन्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ