NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

पुससँगै बढ्न थाल्यो जाडो, यस्तो छ काठमाडौं उपत्यकाको अवस्था

Nepal Tube

काठमाडौं । पुस महिना लागेसँगै काठमाडौं उपत्यकासहित देशभर जाडो बढेको छ । तापक्रम घट्दो क्रममा रहदा बिहान र बेलुकाको समयमा काठमाडौं उपत्यकामा चिसो बढदै गएको छ ।

काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउने र घर वा कार्यस्थलमा रहनेहरुले आगो ताप्न थालेका छन् ।

विशेष गरी बृद्ध,बालबालिका,  विद्यालय, कलेज र विभिन्न काममा निस्किनुपर्नेहरु जाडोयाम सुरु भएसँगै बढी प्रभावित  हुन्छन् । Photo- NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार