NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

फागुन १ बाट प्रहरी कर्मचारीको राशन स्केल वृद्धि हुने

थपियो कुखुराको मासु, अण्डा र बिस्कुट

Nepal Tube

काठमाडौं । नेपाल प्रहरीले पाउदै आएको राशन स्केल वृद्धि हुने भएको छ । अब फागुन १ बाट प्रहरी कर्मचारीहरूले रासनमा १९ वस्तुहरू पाउनेछन् ।

गत माघ १४ को मन्त्रिपरिषद् बैठकले प्रहरीको राशन स्केल १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । यो निर्णय फागुन १ गतेदेखि लागू हुँदा  ७९ हजार ५४१ प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् ।

राशन स्केल वृद्धि भएर प्रहरी कर्मचारीहरूले १९ वस्तुहरू पाउदा कुखुराको मासु, अण्डा र बिस्कुट थपिएका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार