NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

चुनावी रिपोर्टिङका क्रममा बेहोस हुनुभएका पत्रकार दिनेश सिटौलाको उपचरका क्रममा निधन

Nepal Tube

काठमाडौं । रास्वपा बरिस्ठ नेता बालेन्द्र शाह (बालेन) काे चुनावी रिपोर्टिङका क्रममा अछाम पुग्दा एक्कासि बेहोस भएर ढल्नुभएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

ग्रान्डी अस्पतालमा उपचाररत सिटौलाको आइतबार दिउँसाे १२ बजेर ४५ मिनेटमा निधन भएको अस्पतालले जानकारि दिएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष  समेत रहनुभएका सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो । उहाँ अविवाहित हुनुहुन्थ्यो ।

बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो । टिचिङ अस्पतालमा पोस्टमार्टम गरेपछि अन्तिम श्रद्धाञ्जलीका शव चलचित्र विकास बोर्डमा राखिने र दाहसंस्कार गरिनेछ ।

सिटौला फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक समेत हुनुहुन्थ्यो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार