NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

कलाकार सुनिल थापाको निधन

Nepal Tube

काठमाडौं । कलाकार सुनिल थापाको आज निधन भएको छ ।

६८ वर्षीय थापाको आज बिहान उपचारका थापाथलीस्थित नर्भीक अस्पतालमा निधन भएको हो । विहान स्वास्थ्यमा समस्या आएपछि थापालाई अस्पताल लगिएको थियो । अस्पतालका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको छ ।

अस्पतालमा अनकन्सियस अवस्थामा लगिनुभएका थापालाई कार्डियाक अरेस्ट भएको अनुमान गरिएको छ । भारतको  मुम्बइमा रहेको परिवार काठमाडौं आएपछि श्रध्दाञ्जलि र दाहसंस्कारको प्रकृया अघि बढ्ने बताइएको छ ।

भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गर्नुभएका उहाँ  चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी परिचित हुनुहुन्थ्यो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार