नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा ४ लाख २९ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो ।
यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको रहेको बताइएको छ । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए । पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई माघ २६ देखि ३० गतेसम्म खोप लगाइएको थियो । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ देखि १० गतेसम्म खोप दिइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
पहिलो चरणको पहिलो प्राथमिकतामा परेका २ लाख २१ हजार ७ सय १९ लाई खोप दिने लक्ष्य लिइएकोमा १ लाख ८५ हजार ८ सय ६५ जनाले मात्र खोप लगाएका छन् । मन्त्रालयका अनुसार दोस्रो प्राथमिकतामा परेका २ लाख ८५ हजार ८ सय ८७ जनामध्ये २ लाख ४० हजार ३ सय ६० जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयको रेकर्डमा छ ।
तपाईको प्रतिक्रिया