NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री ज्यासिन्डा आर्डर्न सिड्नी विश्वविद्यालयमा प्राध्यापक नियुक्त

नेपालट्युब

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री ज्यासिन्डा आर्डर्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा प्राध्यापक नियुक्त हुनुभएको छ। उहाँलाई विश्वविद्यालयले ‘प्रोफेसर अफ प्राक्टिस’ पदमा नियुक्त गरेको हो।

विश्वविद्यालयको सिड्नी स्कुल अफ पब्लिक हेल्थमा रहेर उहाँले विद्यार्थी तथा अनुसन्धानकर्तासँग सहकार्य गर्नु हुनेछ।

आर्डर्नले संवेदनशील नेतृत्व, नागरिक विश्वास र विश्वव्यापी स्वास्थ्य चुनौतीका विषयमा अतिथि व्याख्यान, विशेष कक्षा र परामर्श दिने विश्वविद्यालयले जनाएको छ।

उहाँले विश्वविद्यालयको सिड्नी पोलिसी ल्याब र उपकुलपतिको कार्यालयसँग मिलेर विभिन्न कार्यक्रममासमेत काम गर्नु हुनेछ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार