Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए कुइन्सल्याण्ड कप फरएभर योङको पोल्टामा (फोटो फिचर)

एनआरएनए कुइन्सल्याण्ड कप फरएभर योङको पोल्टामा (फोटो फिचर)


ब्रिजवेन/टोओम्बामा सम्पन्न भएको एनआरएनए कुइन्सल्याण्ड फुटवल कपको उपाधी फरएभर योङ फुटबल क्लबले जितेको छ । कुइन्सल्याण्डभरीबाट आएका १६ वटा टिम सहभागी एक दिवसिय फुटवल कपको फाइनलमा भुटानी समुदायको फ्युन्सुम फुटबल क्लबलाई १ शुन्यले हराउदै फरएभरले उपाधी चुमेको हो । जितसंगै फरएभरले ४ हजार डलर नगद र शिल्ड पुरस्कार पाएको छ । त्यस्तै उपबिजेता फ्युन्सुमले १५ सय डलर पाएको छ ।

लिगको आधारमा खेलिएको एउटा खेलको समय २५ मिनेटको थियो । लिग चरणबाट छनोट भएका टिमबिच क्वाटर फाइनर र सेमी फाइनल प्रतिष्पर्धा भएको थियो । क्वाटर फाइनलमा गोरखा फुटवल क्लबलाई १ शुन्यले पराजित गरि फरएभर योङ सेमी फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै सेमी फाइनलमा आयोजक समेत रहेको टोओम्बा नेपलिज फुटबल क्लबलाई फरएभरले ४ शुन्यको भारी अन्तरले हराएको थियो । एनआरएनए कुइन्सल्याण्डसंग मिलेर टोओम्बा नेपलिज फुटबल क्लबले कपको आयोजना गरेको हो । कपलाई मेटस् इन्टरनेशनल एजुकेशन एण्ड भिषा सर्भिसेसले प्रायोजन गरेको थियो । सधै शहरी क्षेत्रमा हुने खेललाई रिजनलमा पनि गनुपर्छ भनेर टोओम्बामा कपको आयोजना गरिएको एनआरएनए कुन्सन्ल्याण्डका सचिव अतुल खड्काले बताउनुभयो ।

उप बिजेता फ्युन्सुम फुटबल क्लबका खेलाडी उपाधी पाएपछि

कपमा सहभागी हुन गोलकोष्ट, सनसाइनकोष्ट र रकह्याम्पटनदेखि नेपाली फुटबल क्लबहरु आएको पनि खड्काले बताउनुभयो । गत वर्षदेखि एनआरएनए कुन्सल्याण्डले कपको आयोजना गर्न थालेको हो । अघिल्लो कार्यसमितिले ब्रिजवेनमा बिशाल भलिबल कपको आयोजना गरेको थियो । एउटा कार्यसमितिले आफ्नो कार्यकाल कम्तिमा एउटा कपको आयोजना गर्दै जाने सचिव खड्काको भनाई छ । खेल र होस्ट गर्ने संस्था एनआरएनएको टिमले चयन गर्ने पनि सचिव खड्काले बताउनुभयो ।

कपमा सहभागी टिमहरु ( सबै फोटोहरु -TNFC)

टोओम्बा नेपलिज फुटबल क्लब
भुटनिज नेपलिज एशोसियसन फुटबल क्लब
बुद्ध फुटबल क्लब
सेन्ट्रल कुइन्सल्याण्ड नेपलिज एशोसियसन
गोरखा फुटबल क्लब
नोभा रातो र च्नद्र सुर्य फुटबल क्लब
राइजिङ स्टार फुटबल क्लब
रोयल कोष्ट फुटबल क्लब
सनसाइन कोष्ट नेपलिज फुटबल क्लब



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ