ब्रिजवेनमा नेपाली भवन बनाउन भोली सांस्कृतिक कार्यक्रम, आईपुगे कलाकार !
ब्रिजबेन । क्वीन्सल्याण्डस्थित नेपाली सामूदायिक केन्द्र (क्यूएनसीसी) को भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले भोली ब्रिजबेनमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ । केविसी अष्ट्रेलिया मुख्य आयोजक रहेपनि ब्रिजबेनको धमाका २०७९ को सम्पूर्ण व्यवस्थापन कुन्वीन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रले गरेको छ ।
केन्द्रका अध्यक्ष केशव शर्माले भोली साँझ ४ बजेदेखी ८ बजेसम्म स्ट्राथपाइनमा सामुदायिक केन्द्रको हलमा सांगितिक कार्यक्रम आयोजना हुने जानकारि दिनुभयो । केन्द्रले यो सांगितिक धमाकाको टिकटमार्फत सामुदायिक भवन निर्माणमा ८ देखी १० हजार डलर उठ्ने आँकलन गरेको छ । यस्तै, केन्द्रको सदस्यता विस्तारमार्फत समेत सहयोग संकलन हुने लक्ष्य राखिएको शर्माले बताउनुभयो । केन्द्रको आजिबन फ्यामीली मेम्बर बन्न सदस्यता शुल्क १५ सय डलर तोकिएको छ । क्वीन्सल्याण्ड नेप्लीज कम्युनिटी सेन्टरको सहयोगार्थ हुन लागेको कार्यक्रममा तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक आवाज गन्जिने आयोजकले जनाएको छ ।
अष्ट्रेलियाका विभिन्न सात शहरमा आयोजना हुने धमाका २०७९ अष्ट्रेलिया टूरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमडियन सुवोध गौतम र दिपक आचार्य काकु सहभागी छन् । मेलबर्नमा अगष्ट १ तारिख सोमबार गुल्मी समाज भिक्टोरिया, केइसी नेपाली समाज लगायतको आयोजनामा अकोना पार्क सेन्टरमा तीज धमाका २०७९ हुनेछ । ४ तारिख अष्ट्रेलियाको राजधानी क्यानबेरामा डीबोइज ईभेन्टसको संयोजनमा निःशुल्क प्रवेशको व्यवस्थासहित तीज धमाका हुँदैछ । यसपछि सिड्नीमा तीज मेला विथ कमेडी नाईट्स अगष्टको ६ तारिख शनिबार सांगितिक कार्यक्रमको आयोजना गर्दैछ । हुनेछ सिड्नीमा यो नै तीजको पहिलो भव्य कार्यक्रम बन्ने अपेक्षा गरिएको छ । यसपछि अगष्टको ८ तारिख सोमबार एडिलेडस्थित डोम पोलिस्कि सेन्टरमा गिरिश ईभेन्टसले संयोजनमा हुने कार्यक्रमसँगै धमाका २०७९ अष्ट्रेलिया टूर सम्पन्न हुनेछ ।
२१ जुलाईमा पर्थको होटल चाल्समा र त्यसपछि दोश्रो सांस्कृतिक कार्यक्रम तास्मानियाको लन्चेष्टनको म्याक्स फ्राई हलमा भब्य रुपमा सम्पन्न भएको छ । विभिन्न शहरमा आयोजना हुने कार्यक्रमका लागि स्थानीयस्तरमा विभिन्न व्यवसायिक तथा गैरनाफामूलक संघसंस्थाहरु जोडिएका छन् भने अष्ट्रेलिया टूरको संयोजन केविसी अष्ट्रेलियाका निर्देशक चिरञ्जीवी देवकोटाले गर्नुभएको छ ।।
तपाईको प्रतिक्रिया