Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News२८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

२८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि


काठमाडौं । २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।

माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले गरेको एक गोल नै निर्णायक बन्यो । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका थिए । कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि दिलाएको यो नै पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा अर्जेन्टिनासँगको भेट निश्चित गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ