Saturday, 15 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसदनमा उठेका प्रश्न बारे जवाफ दिन सरकारलाई सभामुखको ध्यानाकर्षण

सदनमा उठेका प्रश्न बारे जवाफ दिन सरकारलाई सभामुखको ध्यानाकर्षण


काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा शुन्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुप्रति सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण, मनसुनी वर्षको जोखिम न्युनिकरण, राहत र उद्धारको तयारी, लगायतका जनसरोकारका विषयलाई सदनमा प्रश्न उठाएका दिए । प्रतिनिधि सभा बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गर्न सरकार जिम्मेवार बन्नुपर्ने, प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारि गराउने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज ध्यानाकर्षण गराएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ