Wednesday, 12 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल श्रीलंकासँग भिड्दै, सन्दीप टोलीमा फर्किदा टिममा उत्साह

नेपाल श्रीलंकासँग भिड्दै, सन्दीप टोलीमा फर्किदा टिममा उत्साह


काठमाडौं । टि–२० विश्वकपमा नेपालले बुधबार विहान श्रीलंकाको सामना गर्दैछ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने समुह चरणको दोश्रो खेलमा नेपालले टेष्ट राष्ट्र श्रीलंकाको सामना गर्न लागेको हो ।

पहिलो खेलमा नेदरल्याण्डस्संग ६ विकेटको हार ब्यहोरेको नेपाल जित्नकै लागि खेल्नेछ । पहिलो र दोस्रो खेलमा लगातार हार ब्युहोरेको श्रीलंका समेत जितको खोजीमा हुनेछ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक यी दुई टोली भिड्न लागेका हुन् । नेपाली समयअनुसार बुधबार खेल विहान सवा पाँच बजे अर्थात् ५ः१५ मा फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा सुरु हुनेछ । टि–२० को विश्ववरीयतामा नेपाल भन्दा ९ स्थान माथी रहेको श्रीलंकाले नेपाललाई कडा चुनौती दिने आँकलन गरिदैगर्दा नेपाली टिमका कप्तान रोहित पौडेल जित्नकै लागि खेलिने बताउनुहुन्छ ।

श्रीलंकाविरुद्ध नेपालको १४ सदस्यीय टोलीसहित उत्रनेछ । प्रतिश जिसीको स्थान सन्दीप लामिछानेले लिएकाले टोलीमा १४ सदस्य सदस्य मात्र हुनेछन् । वेस्ट इन्डिज पुगेपछि भने सन्दीप टोलीमा जोडिनुहुनेछ । एसोसियट राष्ट मध्य उत्कृष्ट टोलीका रुपमा कहलिएको नेपाली टोली श्रीलंकालाई पराजित गरेर उत्कृष्ट आठ भित्र पर्ने लक्ष्यमा रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ