Tuesday, 4 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsन्यूरोडको फुटपाथ विस्तार प्रकरण : ओलीप्रति मेयर बालेनको आक्रोश !

न्यूरोडको फुटपाथ विस्तार प्रकरण : ओलीप्रति मेयर बालेनको आक्रोश !


काठमाडौं । न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने काठमाडौं महानगरका मेयर बालेन शाहको कदमले यतिबेला चौतर्फी चासो पाएको छ । काठमाडौं महानगरले भत्काएको सडक सडक विभागले कालोपत्रे गर्न थाल्दैगर्दा निक्कै ठूलो बिवाद उत्पन्न भएको छ । सडक विभागका कर्मचारी, नगर प्रहरी, बालेनका समर्थक र स्थानीयवासी वादविवादमा उत्रिएको यो अभियानले एमाले अध्यक्ष केपी शर्मा ओली र मेयर बालेन बीच समेत द्धन्द्ध बढाएको छ ।

यता, एमाले अध्यक्ष ओलीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेकपा एमालेका सचिव रघुबीर महासेठ आफ्नो कदमको बिरोधमा देखिएपछि बालेन आक्रोशित बनेका छन् । एमालेले त बालेनको विरुद्ध काठमाडौं २२ का वडाध्यक्षसहित नेता, कार्यकर्तालाई सडकमै उतार्ने काम गर्यो । यो बिवाद बढ्दैगर्दा मेयर बालेनले एमाले अध्यक्ष ओलीलाई जोड्दै फेसबुकमा गम्भिर आरोपसहित आक्रोश पोखेका छन् ।

गिरीबन्धु टि–स्टेट जग्गा हिनामिना प्रकरणमा ओलीलाई जोड्दै बालेनले बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको आरोप लगाएका छन् । ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’ फेसबुकमा लेखेका मेयर बालेनले ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु सुझाब समेत दिएका छन् ।

यस्तो थियो विवादको कारण
काठमाडौं महानगरले फुटपाथ बढाउने भनेर केही दिनअगाडि न्यूरोडको सडक किनारा भत्काएको थियो । मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको विषयले राजनीतिक बृत्तमा समेत तरंग पैदा गरिदियो । सडक भत्काउने र पेटी विस्तार गर्ने बालेन कदममा सडक विभाग अहिले बाधक बनेको छ । स्थानीयवासी सडक पीच हुनुपर्ने पक्षमा देखिदा सोमबार नगर प्रहरीले हस्तक्षेप गरेको छ । स्थानीयले पीच रोक्न खोज्दा नगर प्रहरी मुर्दावाद, मेयर बालेन मुर्दावादका नारा लगाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ