Tuesday, 11 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउत्कृष्ट बलिङका बाबजुद ब्याटिङ नचल्दा नेपाल ६ विकेटले पराजित

उत्कृष्ट बलिङका बाबजुद ब्याटिङ नचल्दा नेपाल ६ विकेटले पराजित


काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल कमजोर ब्याटिङका कारण नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

नेदरल्यान्डसका म्याक्स ओडाउडले अविजित रहँदै ५४ रनको योगदान दिए । बिक्रमजित सिंहले टिमका लागि२२ रनको योगदान दिए । १२ बलमा १३ रन आवश्यक रहेकोमा म्याक्सले १९ औ ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका र छक्का प्रहार गरे । तेस्रो बलमा एक रन र चौथो बलमा चौका प्रहार गर्दै नेदरल्यान्डसलाई जित दिलाउन म्याक्सले योगदान दिए । साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११ रनमा अविजित रहदै म्याक्सलाई बलियो साथ दिए । बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले एकएक विकेट लिए । नेपालले किफायती बलिङ गरेपनि हार टार्न सकेन ।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल१९ ओभर २ बलमा अलआउट हुँदै १०६ मा समेटिएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोड्ने बाहेक अन्य ब्याट्समेनले दोहोरो रनको योगदान दिन सकेनन । १० रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई गुमायो। आसिफ ४ र कुशल ७ रन बनाएर आउट भएका थिए । ४० रन जोड्दा अनिल शाह, ५२ रन जोड्दा कुशल मल्ल र ५३ रन जोड्दा दीपेन्द्रसिंह ऐरी आउट भए । अनिल ११, कुशल मल्ल ९ र दीपेन्द्र १ रनमै आउट हुन पुगे । सोमपाल कामी ० रनमा आउट हुँदा गुल्सन झाले १४ र करन केसीले १७ रनको योगदान दिए

बलिङमा नेदरल्यान्डसका टीम प्रीङल र लोलन भान विकले ३–३ विकेट लिदा पाउल भान मिर्केन र बास डी लेडीले २–२ विकेट लिएका थिए । किफायती बलिङ मार्फत नेपाललाई दबाबमा राखेको नेदरल्यान्डसले समालिएको ब्याटिङ मार्फत नेपाललाई पराजित गर्न सफल भयो ।

फोटो : क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) फेसबुक



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ