Wednesday, 5 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा तलब बढ्ने, प्रतिव्यक्ति प्रतिघण्टा न्युनतम पारिश्रमिक २४ डलर बढी !

अष्ट्रेलियामा तलब बढ्ने, प्रतिव्यक्ति प्रतिघण्टा न्युनतम पारिश्रमिक २४ डलर बढी !


ब्रिजबेन । अष्ट्रेलियामा कामदारको तलब बढ्ने भएको छ । फेयरवर्क एम्बुस्डम्यानका अनुसार २०२४ जुलाई एक बाट न्युनतम ज्याला प्रतिव्यक्ति प्रति घण्टा २४ डलर १० सेन्ट पुग्ने भएको हो ।

यसअघि अष्ट्रेलियाका कामदारले न्युनतम प्रतिघण्टा प्रतिव्यक्ति ज्याला २३ डलर २३ सेन्ट पाउँदै आएका थिए । फेयरवर्कले २ दशमलब ७५ प्रतिशत न्युनतम प्रतिघण्टा तलब बृद्धि गरेको छ । अब न्युनतम प्रतिव्यक्ति प्रतिघण्टा २४ डलर १० सेन्ट तलब उपलब्ध नगराइएमा गैह्रकानुनी ठहर हुनेछ । अहिले पनि कतिपय अधिकतम काम गर्ने घण्टाको सुविधा छल्दै नगदमा काम गर्दा ठगिने गरेका छन् । विशेषगरि विद्यार्थी भिसामा रहेकाहरुलाई ४८ घण्टाभन्दा बढी काम गर्ने सुविधा नदिइदा नगदमै काम गर्ने र काम उपलब्ध गराउने कम्पनी, व्यवसायबाट ठगी हुनेगरेको गुनासो बारम्बार फेयरवर्कसम्म पुग्ने गरेको छ ।

आफू श्रम ऐन र कानुनी रुपमा निर्धारण गरिएको न्युनतम पारिश्रमिक बारे सचेत रहन सबैमाझ फेयरवर्क एम्बुस्डम्यान सचेत गराउँदैआएको छ । कानुनी रुपमा आफू ठगिएको महशुस गरेर न्याय खोज्नुपरेमा सधै फेयरवर्कमा उजुरी गरेर निशुल्क कानुनी सहकायताको सहयोग पाइनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ