Tuesday, 4 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटी–२० विश्वकप : नामिबिया र वेष्टइन्डिजको विजयी सुरुवात,नेपालको खेल जुन ४ मा

टी–२० विश्वकप : नामिबिया र वेष्टइन्डिजको विजयी सुरुवात,नेपालको खेल जुन ४ मा


काठमाडौं । टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गर्दा सहआयोजक वेष्टइन्डिजले पपुवा न्युगिनीमाथि ५ विकेटको जित हात पारेको छ । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्र बनाएर पराजित हुँदा वेष्टइन्डिजले पपुवा न्युगिनीमाथि ५ विकेटको सहज जित हात पारेको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जाडे । यसअघि खेल निर्धारित ओभरमा रोमाञ्चक बराबरीमा टुंगिएको थियो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो । नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए । ओमानका लागि मेहरन खानले ३ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रनको चुनौती प्रस्तुत गरेको थियो । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

यसअघि सम्पन्न गएरातीको खेलमा सहआयोजक टोली वेष्टइन्डिजले पपुवा न्युगिनीमाथि ५ विकेटको जित हात पारेर प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले भने ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै टि–२० विश्वकपको सुरुआत गर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ