Techie IT
Monday July 26, 2021  |   सोमवार, साउन ११, २०७८
गृहपृष्ठ » News » अष्ट्रेलियामा दुई जनाभन्दा बढी भेला भए १ हजार जरिवाना र ६ महिना जेल

अष्ट्रेलियामा दुई जनाभन्दा बढी भेला भए १ हजार जरिवाना र ६ महिना जेल


851 Views

ब्रिजवेन
सोमबारबाट अष्ट्रेलियामा सार्वजनिक स्थलमा दुई जनाभन्दा बढी जम्मा हुन पाउने छैनन् । कोभिड १९ को संक्रमण बढेसंगै अष्ट्रेलियाले कडा नियम लागु गरेको हो ।
यदि अटेर गरि दुई जनाभन्दा बढी भेला भएमा पहिलो पटक १ हजार डलर जरिवाना तिर्नु पर्ने छ । यदि यो क्रम दोहोरिएमा ती व्यक्तिलाई अदालतसामु लगेर ६ महिनासम्म जेल सजाय हुन सक्ने अधिकारीहरुले बताएका छन् ।
न्यु साउथ वेल्स राज्यले नियम बनाएर सजाय लागु गरिसकेको छ । अन्य राज्यहरुमा समेत कानुन बनेर यो नियम लागु हुनेछ ।
प्रधानमन्त्री स्कट मोरिसनले आईतबार पत्रकार सम्मेलन गर्दै यस्तो कडा नियम बारे जानकारी गराएको हो ।
संघीय मन्त्रिपरिषदले कोरोनाको संक्रमण रोक्नका लागि यत्ति कठोर कदम चाल्ने निर्णय लिएको मोरिसनको भनाई थियो ।
यो निर्णय लिनु अघि प्रधानमन्त्री मोरिसनले राज्य र क्षेत्रका नेताहरुसंग छलफल गरेका थिए ।
अष्ट्रेलियाका मुख्य स्वास्थ्य प्रमुख ब्रेन्डन मर्फीले यो निर्णय कठोर भएपनि भाइरसको संक्रमण रोक्न अत्यावश्यक रहेको बताए ।
यसअघि सरकारले १० जना भन्दा बढी भेला हुन रोकेको थियो ।
यो नियम कानुनी रुपमा भने अझै बाध्यकारी भईसकेको छैन । तर, राज्य सरकारले छिट्टै कानुन बनाएर यसलाई बाध्यकारी बनाउने पहल सुरु गरिसकेको छ ।
यो नियम एउटै घरमा बस्नेका हकमा भने लागु हुनेछैन ।
विवहामा अझै पनि ५ र मलामीमा १० जना जम्मा हुन पाउनेछन् तर, डेढ मिटरको समाजिक दुरी भने कायम राख्नुपर्नेछ ।
त्यस्तै सोमबारदेखि बाहिर रहेको जिम, स्केट पार्क पनि बन्द हुनेछन् ।

सरकारले ७० वर्ष उमेर भन्दा बढीका नागरिकलाई घरमै सेल्फ आईसोलेसनमा बस्न अनुरोध गरेको छ । त्यस्तै ६० वर्ष कटेका दीर्घ रोगी र ५० वर्ष माथीका आदिवासी मानिसलाई समेत घरमै बस्न सरकारले अनुरोध गरेको छ ।
अष्ट्रेलियामा हालसम्म ४३५९ जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये १८ जनाको ज्यान गएको छ ।

अष्ट्रेलियामा काेराेना संक्रमणकाे अवस्था । स्राेत- Australian Health
क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-