Wednesday, 12 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News१० महिनामै नेपाल भित्रियो १२ खर्ब रेमिट्यान्स, विदेश जानेहरु घट्दै !

१० महिनामै नेपाल भित्रियो १२ खर्ब रेमिट्यान्स, विदेश जानेहरु घट्दै !


काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारी, अध्ययन र व्यवसायका क्रममा विदेशमा रहेका नेपालीहरु मार्फत करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेका चालु आर्थिक वर्षको १० महिना (२०८० साउन– २०८१ वैशाख ) सम्मको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी सार्वजनिक प्रतिवेदन अनुसार १० महिनामा रेमिट्यान्स ११ खर्ब ९८ अर्ब ६० करोड भित्रिएको हो ।

चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको छ । पछिल्लो १० महिनामा रेमिट्यान्समा १९ दशमलब २ प्रतिशतले वृद्धि देखिएको छ । गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ । विगत दुई वर्षमा उच्च दरमा विदेश गएका र चालु आवमा समेत संख्या केही घटेपनि नयाँ श्रम स्वकृति र नवीकरण समेत गर्दा ५ लाख भन्दा धेरै छ । वैदेशिक रोजागरीमा जाने नेपालीको उच्च संख्याकै कारण पछिल्लो २ वर्षयता रेमिट्यान्सको वृद्धिदर पनि उच्च देखिएको छ ।

श्रम स्वीकृति लिनेहरु नै घट्दै
चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति २ लाख ३७ हजार ८९३ जनाले लिएका छन् । यो तथ्यांकले रोजगारीमा रहेकाहरु फर्किने भन्दा झण्डै एक लाख ४० हजार बढी मात्रै विदेशी श्रम बजारमा १० महिनामा विदेशिएको देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ