Monday, 22 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन सबैमाझ अपिल

भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन सबैमाझ अपिल


काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले थप वर्षाको पूर्वानुमान बारे जानकारि गराउदै नदी किनारका क्षेत्रमा बस्ने र सो बाटो भएर यात्रा गर्नेहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौ,पाल्पा, स्याङ्जा र पश्चिम नवलपरासीमा सोमबार भारी वर्षा मापन गरेको जल तथा मौसम विज्ञान विभाग थप पानी पर्दा जोखिम हुनेतर्फ सबैलाई सचेत गराएको हो ।

सोमबार भारी वर्षा मापन
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा ६ घण्टाको अवधिमा १ सय ५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी स्याङ्जाको पञ्चमुलमा ८० दशमलव २ र पश्चिम नवलपरासीको देउरालीमा ७१ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । काठमाडौंका कपन,सुन्दरीजल र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । यो वर्षाका कारण बाग्मती, धोबीखोला र विष्णुमती नदीमा बहाव बढेको छ । ६ घण्टाको अवधिमा कपनमा ४७ मिलिमिटर र सुन्दरीजलमा ४१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौकै पानीपोखरीमा २५ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकको बाँसखर्क केन्द्रमा ६ घण्टामा ४७ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार र मंगलबार भेरी र पश्चिम सेती नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै,कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध गरिएको छ । सोमबार कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा, सोमबार राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पूर्वजानकारि सहित सचेत रहन आग्रह गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ