Sunday, 14 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा कोरोना लागेका नेपाली युवक ७ दिनमै सन्चो भए

अष्ट्रेलियामा कोरोना लागेका नेपाली युवक ७ दिनमै सन्चो भए


होबार्ट-अष्ट्रेलियाको तास्मानियामा कोरोनाबाट ग्रसित एक नेपाली युवक संक्र’मण देखिएको ७ दिनमै निको भएका छन् ।
मार्च ७ तारिख शनिवार ती युवकमा कोरोना संक्रमणको पुष्टी भएको थियो । कोरोना संक्रमण हटेपछि सात दिन अस्पताल बसेर ती युवक अघिल्लो शनिवार मार्च १४ तारिखमै घर फर्किसकेका छन् । उनमा कोरोना संक्र’मण देखिएको आउने शनिवार मात्र १४ दिन पुग्दैछ । कोरोनाको संक्रमण सामान्यतया १४ दिनसम्म रहने भएपनि नेपाली युवक भने एक सातामै घर फर्किनुलाई सुखद रुपमा हेरिएको छ ।
अस्पताल भर्ना हुनु हप्तादिन अघि नै उनमा कोरोना संक्रमण भएकोले चाढै ठिक भएका हुन् वा उनको शरिरको प्रतिरक्षा प्रणाली बलियो भएर यो भने अनुसन्धान कै पाटो हो । रोयल होर्बाट अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएका ती २० वर्षका नेपाली युवकमा केही दिनमै संक्रमणका परिक्षण गर्दा केह नेगेटिभ नजिता आएको थियो । एक जना उपचारपछि घर फर्किएको तास्मानियाको स्वास्थ विभागले पनि पुष्टीरेको छ ।

अस्पताल भर्ना भएलगत्तै भोलीपल्ट गरिएको परिक्षणमा नै नेगेटिभ रिजल्ट आएको ती युवकलाई उदृत गर्दै तास्मानिया एनआरएनका संयोजक सन्देश परियारले जानकारी दिए । ‘कोरोना संक्रमण भएर भर्ना भएलगत्तै दुइ पटक गरिएको परिक्षणमा नेगेटिभ आएको रहेछ’ -संयोजक सन्देशले भने-‘हामी पनि यो खबर सुनेर निकै खुसी भएकाछौ ।’ 
ती युवकको सम्पर्कमा आएका अन्य ५ जना नेपालीमा पनि कोरोनाको संक्रमण देखिएको छैन । सेल्फ आइसोलेनमा बसिरहेका उनीहरुको समयसिमा पनि शनिवार सकिदैछ ।
नेपाल गएका ती युवक फेब्रवरी २६ तारिखमा सिंगापुरको बाटो हुदै तास्मानिया फर्किएका थिए । सिंगापुरमा लामो ट्रान्जिटमा बसेका युवकमा कहाबाट कोरोना संक्र’मण भयो भन्ने पुष्टी भइसकेको छैन । ति युवक नेपालबाट आउने बित्तिकै रुघा र ज्वरोको लक्षण देखिएको थियो । यात्राको थकानले होला भनेर सामान्य रुपमा लिएका युवक काममा फर्किएका थिए । उनी कलेज पनि पढ्न गएका थिए । तर, केही दिनपछि रुघा र ज्वरो बढ्दै गएपछि उनी परिक्षणका लागि अस्पताल पुगेका थिए । चिकित्सकले उनलाई परिक्षणको नतिजा नआउन्जेल सेल्फ आईसोलेसनमा बस्न निर्देशन दिएका थिए । तर, ती युवकले चिकित्सकको कुरा अटेर गरि काम र कलेज जाने क्रम जारी राखेकाको भन्दै आलोचना भएको थियो । तास्मानियामा ७ जनामा कोरोना देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ