Friday, 2 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकक्षा १२ को नतिजा सार्वजनिक : ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, बढी अंग्रेजी विषयमा फेल !

कक्षा १२ को नतिजा सार्वजनिक : ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, बढी अंग्रेजी विषयमा फेल !


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोड नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका हुन । यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको जनाइएको छ । २०७६ र २०७७ सालको ६२.५ प्रतिशत उत्तीर्ण भएका छन् । ८ हजार १४७ सहभागी परीक्षार्थीमध्ये एक हजार ९५३ जना उत्तीर्ण भएका हुन् ।कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएको बोर्डले जनाकारि गराएको छ

सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको छ । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ र ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये ९२ हजार ५०९ सहभागी हुँदा अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको पाइएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ