भारतको उत्तराखण्डमा पहिरो, चार जना नेपाली मजदुरको मृत्यु !

काठमाडौं । भारतस्थित उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने चार जना नेपाली मजदुर मध्ये तीन जनाको चितवन माडी घर भएको पहिचान भएको छ ।
मृत्यु हुने ४ जना नै मजदुरीका क्रममा भारतको उत्तराखण्ड पुगेका नेपाली भएको खुलेको छ । ३ जना मजदुर माडी २ सितलपुरका ५८ वर्षका तुलबहादुर परियार, माडी–१ भङ्गहाका २६ वर्षका कृष्णबहादुर परियार र माडी ५ छर्छरे का २८ वर्षका पूर्णबहादुर नेपाली रहेका छन् । बाँकी एक जनाको पहिचान भएपनि एकिन गर्न बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया