Sunday, 8 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News५७ बर्षे ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक, को हुन इतिहास रच्ने पलेशा ?

५७ बर्षे ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक, को हुन इतिहास रच्ने पलेशा ?


काठमाडौं । पेरिस पाराओलम्पिक्स सन् २०२४ तेक्वान्दोमा ऐतिहासिक कांस्य जित्न सफल खेलाडी पलेशा गोवर्घनलाई भब्य सम्मान गरिएको छ । बुधबार स्वदेश फकिएकी पलेशालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नगर परिक्रमा गराएर सम्मान गरिएको हो ।

ब्याण्डबाजा सहित हजारौँ खेलकुद समर्थकको विचमा पलेशालाई ससम्मान नागरपरिक्रमा गराइयो । एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर नगरपरिक्रमा सम्पन्न भएको थियो । सयौँ नेपाली खुसीले रम्दा सम्मानमा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ सहितका पदाधिकारी समेत सहाभागि हुनुभएको थियो ।

निजी तथा सरकारी क्षेत्रबाट लाखौँको पुरस्कार घोषणा हुँदैगर्दा बालेन शाह नेतृत्वको काठमाडौँ महानगरले पाँच लाख नगद पुरस्कारले पलेशालाई सम्मान गरेको छ । ओलम्पिकमा पदक जित्ने खेलाडीका लागि स्ष्पट रुपमा लाखौँ रकम पाउने प्रावधान राखिएका कारण पलेशाले कास्य पदक जिते बाफत ६५ लाख पुरस्कार पाउनुहुने भएको छ । पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर राती सम्पन्न के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई पराजित गर्नुभएको थियो । कांस्य जित्नुभएकी पदेशाले मिसेभलाई १५–८ ले पराजित गर्नुभयो । रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गर्नुभएको थियो ।

को हुन् पलेशा ?
बागबजार स्थायी घर हुनुभएकी पलेशाले डीएभी सुशील केडिया स्कूलमा अध्यन गरेकी थिइन् । कक्षा पाँचमा पढ्दा उनले रहरैरहरमा तेक्वान्दो खेल रोजेकी थिइन् । सुरुमा उनले रहरमा मात्रै खेल्न थालेकि भएपनि तेक्वान्दाकै कारण स्कूल सहित घरपरिवारमा उनको प्रशंसा हुन थाल्यो । पछि उनका बुबा प्रदीप गोवर्धनले काठमाण्डौ तेक्वान्दो डोजाङुमा भर्ना गरिदिए । त्यसपछि डोजाङका प्रशिक्षक किशोर कुँवरले पलेशालाई त्रिपुरेश्वर रङ्गशालामा र्पुयाए । त्यहाँ प्रशिक्षक कल्याण कुँवरको प्रशिक्षणमा पलेशा सिक्न थालिन् । दुई वर्षपछि नै पलेशाले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा दक्षिण कोरियामा एशियन पारा–तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने अवशर पाइन । त्यसपछि उनले लगातार तीन एशियन च्याम्पियनशिप र दुई विश्व च्याम्पियनशिप खेल्दा यो नै पलेशाले पाएको अहिलेसम्मकै ठूलो सफलता हो ।

सन्ताउन्न वर्ष लामो ओलिम्पिक इतिहासमा नेपालले हिउँदे ओलिम्पिक्स, ग्रीष्मकालीन ओलिम्पिक्स, पारा–ओलिम्पिक र स्पेशल ओलिम्पिक्समा सहभागिता जनाउँदै आएको छ । तर तेक्वान्दोका विधान लामाले ग्रीष्मकालीन ओलिम्पिकको प्रदर्शनी खेलमा पदक जित्नुबाहेक नेपालले अहिलेसम्म आधिकारिक पदक जितेको थिएन् । पलेशाले पदक जित्दै इतिहास रचकी छन् । निरन्तरको मेहनत र धैर्यता कायम राखे विश्व खेलकुदमा नेपाली खेलाडीले तहल्का पिट्न सक्नेमा संकोच छैन् । तर नेपाली खेलकुद क्षेत्रमा देखिएको आर्थिक तथा पूर्वाधार अभाव र राजनीतिकरणले पछिल्लो समय युवाहरुले खेलक्षेत्रमा भविष्या देख्न छाडेका छन् । पलेशाको सफलताले निरासाको क्षेत्र जस्तै बनेको नेपाली खेलकुदमा नयाँ आशाको सञ्चार भएको छ ।।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ