Monday, 9 December 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, जनजीवन प्रभावित !

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, जनजीवन प्रभावित !


काठमाडौं । चिसो बढेसँगै दैनिक जनजीवन कष्टकर बन्न थालेको छ । तराई मधेशमा हुस्सु र कुहिरोका कारण चिसो बढ्दा उच्च हिमाकली क्षेत्रमा हिमतले चिसो बढाएको छ । यसवर्ष मंसिर महिनामै जुम्लामा सिजनको पहिलो हिमपात हुँदा स्याउ उत्पादक कृषकहरु खुसी भएका छन् । पहाडी क्षेत्र र उपत्यकामा समेत तापक्रम घटदा चिसो ह्वात्तै बढेको छ ।

शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको थियो । आईतबार केही बढेको न्यूनतम ताक्रम सोमबार पुन ५ डीग्री हाराहारीमा झरेको छ । चिसो बढेसँगै विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् । चिसो मौसममा खोकी, मौसमी फ्लू, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात जस्ता रोगले बढी संक्रमण देखिएको छ । प्रायः उमेर ढल्किदै गएका ५० वर्ष माथिका मानिस र ५ वर्ष मुनिका बालबालिका बढी चिसोबाट प्रभावित भएका छन् । आजभोलि रुघाखोकी, ज्वरो, श्वाशप्रश्वासलगायत चिसोका कारण लाग्ने समस्या लिएर विरामिहरु अस्पताल पुग्नेगरेका छन् । चिसोसँगै बिरामीको संख्या दिनहुँ बढ्दै जाने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामक रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुन बताउनुहुन्छ । अहिले अस्पतालमा बिरामीको चाप समेत बढेको छ ।
बालबालिका,बृद्धबृद्धा, मुटु,मिर्गौला,मधुमेह तथा अन्य दीर्घरोगी चिसोका कारण थप जोखिममा परेका छन् । यो मौसममा बालबालिका, दिर्घरोगी बृद्धबृद्धाले बिशेष ख्याल पुर्याउनुपर्ने चिकित्सकको सुझाव छ । तराई मधेशमा लागो बालेर ताप्न थालिएको छ भने न्यायो, बाक्लो कपडा लगाएर चिसोबाट जोगिन थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ