Friday, 14 November 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News५० भन्दा बढी हिमशिखर देखिने पाल्पाको बतासेडाँडा (फोटो फिचर)

५० भन्दा बढी हिमशिखर देखिने पाल्पाको बतासेडाँडा (फोटो फिचर)


पाल्पा । पाल्पा सदरमुकामा तानसेनबाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा पछिल्ला वर्षहरूमा प्रमुख भ्यू पोइन्ट बनेको छ । मौसम खुलेको दिनमा यहाँबाट पश्चिमतर्फका काञ्जिरोवा हिमालदेखि पूर्वतर्फ जुगल हिमालसम्म फैलिएको विशाल हिमशृङ्खला एकै नजरमा हेर्न सकिन्छ।

करिब ५० भन्दा बढी हिमशिखरहरू बतासेडाँडा बाट देखिन्छन्। पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमाल, धौलागिरी शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरी १ देखि ६ सम्म तथा टुकुचे हिमाल स्पष्ट देखिने यहाँ पुग्ने आन्तरिक पर्यटकहरु बताउछन् ।

मध्यभागतर्फ अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि तिलिचो, वराहशिखर, अन्नपूर्ण १, दक्षिण, हिमचुली, खाङसार काङ, तारे काङ, गंगापूर्ण, अन्न ३, माछापुच्छ्रे, अन्न ४, अन्न २ र लमजुङ हिमाल सुन्दर रूपमा देख्न सकिन्छन् ।

यस्तैगरि, मानसीरी शृङ्खलाका मनास्लु, ङादी चुली, हिमालचुली गणेश हिमालका गणेश २, पविल, सलासुङ्गो लाङटाङ क्षेत्रको लाङटाङ लिरुङ् तथा जुगल हिमाल क्षेत्रका केही शिखरहरू पनि बतासेडाँडाबाटै अवलोकन गर्न सकिन्छ ।

स्थानीयका भनाइअनुसार २००० सालअगाडि यहाँबाट हिमशृङ्खला अझै प्रस्ट देखिन्थ्यो। बादल नलागेको दिनमा बतासेडाँडा पुगेका जो कोहीका लागि यहाँबाट देखिने हिमश्रृङ्खलाका दृश्य जीवनभर यादगर बन्छन् । फोटो : मनिष अर्याल (नेपाल फोटो लाइब्रेरी)

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ