Thursday, 25 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalतमू पत्रकारिता पुरस्कारबाट ६ जना पत्रकार पुरस्कृत

तमू पत्रकारिता पुरस्कारबाट ६ जना पत्रकार पुरस्कृत


काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले तमू पत्रकारिता पुरस्कार यो वर्ष ६ जना पत्रकारहरूलाई प्रदान गरिएको छ ।

पूर्व प्रधानसेनापति छत्रमानसिंह कमला गुरुङ पत्रकारिता पुरस्कार पत्रकारद्वय धनबहादुर गुरुङ र श्याम कृष्ण श्रेष्ठ, सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार रविन गुरुङले पाउनु भएको छ । तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार पत्रकार इच्छा गुरुङ,आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार भीमाया गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार सुचना गुरुङलाई प्रदमन गरिएको संघका अध्यक्ष लाला गुरुङले जानकारी दिनुभएको छ ।

पत्रकारिताको माध्यमबाट गुरुङ भाषा, संस्कृतिको प्रचारप्रसार र संरक्षणमा योगदान पुर्याउनेहरुलाई २०७० सालदेखि पुरस्कृत गरिदै आइएको छ । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका पूर्वकोषाध्यक्ष अनिता गुरुङको संयोजकत्वमा शान्ति गुरुङ र मिना गुरुङ रहेको तीन सदस्यीय पुरस्कार छनौट समितिले २०८२ मंसिर २६ शुक्रवार बसेको बैठकले गरेको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरेपछि पुरस्कार वितरण गरिएको हो । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ