NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

अभिनेत्री करिश्माको उजुरीमा पक्राउ खनाल धरौटीमा रिहा

nepaltube

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको उजुरीमा पक्राउ परेका डिल्लीराम खनाल धरौटीमा रिहा हुनुभएको छ । काठमाडौं जिल्ला अदालतको आदेशमा एक लाख धरौटी तिरेर खनाल छुट्नुभएको हो ।

युट्यूवको एक अन्तरवार्तामा आफ्नो चरित्रहत्या हुने किसिमले अभिव्यक्ति दिएको भन्दै करिश्माले खनालमाथि साइबर क्राइममा उजुरी दिनुभएको थियो । रवीसँग आफ्नो नाम जोडेर गलत प्रचार गरेको चरित्र हत्या गरेको भन्दै अभिनेत्री मानन्धरले उजुरी गरेपछि गत फागुन ५ गते प्रहरीले खनाललाई पक्राउ थियो । गत आइतबार खनालविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ ।

सरकारी वकिलको कार्यालयको अभियोगपत्रमा एक लाख जरिवाना र पाँच वर्ष कैद सजायको माग गरिएको छ । तर जिल्ला अदालतले धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि खनाल छुट्नुभएको हो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार