माइतीघरमा अनसनरत डा.निकोलसको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा उपचार हुँदै
काठमाडौं । अनसनरत डा.निकोलस भुसालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ ।
काठमाडौंको माइतीघर मण्डलामा शासकिय सुधार, सर्वपक्षिय सरकार, जेन जि आन्दोलन दमन गर्नेलाई कारबाही, भ्रष्टाचारिलाई कारबाही लगायतका माग राखेर ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा उपचारका लागि वीर अस्पताल लगिएको हो । भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले माइतीघरमा स्वास्थ्य अवस्थाको जाँच गरेको थियो ।
थप उपचार आवश्यक देखिएपछि भुसाललाई अस्पताल लगिएको छ । डा.भुसालले आफ्ना माग र मुद्धा पुरा नहुँदासम्म अनसन नतोड्ने अडान लिदैआउनुभएको छ ।
















तपाईको प्रतिक्रिया