कांग्रेसमा महाधिवेशन किचलो, कार्यसम्पादन समिति बैंठकबाट के होला ?
काठमाडौं । नेपाली कांग्रेसमा चुनावपछि मिति गुजारेर नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बिवाद पेचिलो बन्न थालेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन स्थगन भएको भन्दै विशेष महाधिवेशनको बाटोमा पार्टी अघि बढ्ने भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चौतर्फी तरंग पैदा भएको छ ।

विशेष महाधिवेशनको महामन्त्री द्धयसँगै विशेष महाधिवेशन पक्षका नेताहरुले पत्रकार सम्मेलन नै आयोजना गरेपछि आज कांग्रेस कार्यसम्पादन समिति बैठक नै बस्न लागेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि विशेष महाधिवेशन चाहाने र पछि धकेल्न चाहाना दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताउनुभएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ । महाधिवेशन पक्षधर नेताहरुले संयुक्त विज्ञप्ति नै जारी गरेर पुस २७–२८ मा विशेष महाधिवेशन गर्न माग गरेका छन् ।
यता, विशेष महाधिवेशनका लागि हिजो हल बुक गरेर धुलिखेल पुग्नुभएका महामन्त्री थापा पनि काठमाडौं फर्किएर आफूनिकटका नेताहरूसँग छलफल जुट्नुभएको छ । विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै अब कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी नरहेको बताएका छन् । सभापति शेरबहादुर देउवासहितका कतिपय नेताहरुले कांग्रेस फुट्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दा महामन्त्री द्धयले फुट उन्मुख गतिबिधि नहुने विश्वास व्यक्त गर्नुभएको छ ।
















तपाईको प्रतिक्रिया