Friday, 2 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा तीनदिने ‘धर्म जागरण महासत्संग’, संस्कृत विश्वविद्यालय बनाउने उदेश्य

सिड्नीमा तीनदिने ‘धर्म जागरण महासत्संग’, संस्कृत विश्वविद्यालय बनाउने उदेश्य


काठमाडौं । सिड्नीमा संस्कृत भाषाको विश्वविद्यालय बनाउने उदेश्यले आजबाट ‘धर्म जागरण महासत्संग’ धार्मिक–सांस्कृतिक महोत्सव सुरु भएको छ । विहान कलश यात्रासहित सुरु भएको महासत्संग ३ दिनसम्म चल्ने बताइएको छ ।

सिड्नीको अबनस्थित ग्राण्ड प्यालेस फङसन सेन्टरमा कथाबाचिका राधिका दासीजीले कथा बाचन गरिरहनु भएको छ । श्री योगी नरहरिनाथ एवम् आदित्यनाथ फाउण्डेसनले विश्वविद्यालय बनाउने अभियानका रुपमा थालेको यो अभियान जनवरी २ आजबाट सुरु भएर ३ र ४ तारिखसम्म तीन दिनसम्म सञ्चालन हुनेछ ।

महासत्संग प्रवासी नेपाली तथा हिन्दू समुदायका लागि धर्म, संस्कार र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने एक महत्वपूर्ण अभियान भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ