टि-२० विश्वकपमा होमिएको नेपाल, नयाँ जर्सीसँगै ट्रफी टुरको रौनक
काठमाडौं । नेपालमा टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीमा ल्याइएकै बेला नेपाली टिमको नयाँ जर्सी सार्वजनिक गरियो । सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाल क्रिकेट संघ (CAN) र आधिकारिक किट पार्टनर ‘T10 Sports’ को सहकार्यमा जर्सी सार्वजनिक गरिएको हो ।

नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्दैगर्दा उत्कृष्ट प्रदर्शनसँगै फाइनलसम्मको यात्राको लक्ष्य राखिएको टिम कप्तान कप्तान रोहित पौडेलले नेपालट्युबलाई बताउनुभएको छ । आइपीएल लगायतका क्रिकेट खेलको निरन्तर अभ्यासमा रहेको नेपाली टिम पछिल्लो समय लयमा देखिएको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति भवन,क्यान कार्यालय हुँदै पोखरासम्म घुमाइएको छ । ट्रफी टुरअन्तर्गत सोमबार नेपाल आएको ट्रफी मंगलबार पोखरा लगेर पोखरा रंगशालासँगसँगै फेवा ताल किनारमा प्रदर्शन गरिएको छ ।
अर्काे महिना भारत र श्रीलंकामा हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल पनि छनोट भएको छ । खेलपूर्व छनोट भएका देशमा ट्रफी प्रदर्शनी गर्ने गरिन्छ । Photo-NPl
















तपाईको प्रतिक्रिया