Tuesday, 13 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ बजेपछि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ बजेपछि


काठमाडौं । नेपाली कांग्रेसको ११ बजेका लागि बोलाईएको केन्द्रीय कार्यसमितिको बैठक १ बजे बस्ने भएको छ ।

विहान ११ बजे पार्टी कार्यालयमा बस्ने भनिएको बैठक सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन पक्ष गगन थाप-विश्वप्रकाश शर्मा बीचको वार्ताका कारण पछि धकेलिएको हो । वार्ताबाट एकताबद्द कांग्रेसका पक्षमा सबै सहमत गराउने प्रयास गरिदा समेत भृकुटिमण्डपको विशेष महाधिवेशनको बन्द सत्र भने जारी छ ।

१ बजेको केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन निर्देशन दिइएको छ । सभापति देउवा, नेता शेखर कोइरालासहितका नेताहरु पार्टीलाई एकठिक्का बनाउदै निकास निकाल्न गगनविश्वलाई आह्वान गर्ने अवस्थामा पुग्दा, गगन—विश्वले समेत सहमतिको प्रस्ताव अघि सारेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ