गगन र विश्वमाथी संस्थापनको कारबाही, दुई चिरा भयो कांग्रेस
गगन भन्छन- कारबाहीको बैधानिकता नै छैन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेसँगै कांग्रेस विभाजनको अवस्थामा पुगेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेर विशेष महाधिवेशन कांग्रेसले आह्वान नगरेको जानकारी समेत निर्वाचन आयोगमा पठाएको छ ।
बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइदैगर्दा भृकुटीमण्डपमा देउवा लगायतका नेताविरुद्द नारावाजी भईरहेको छ ।

गगन भन्छन- कारबाहीको बैधानिकता नै छैन
कारबाहीको निर्णयपछि महामन्त्री गगनले भने कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको, कसैले कारबाही गर्न नसक्ने बताएका छन् । थापाले बैधानिक विशेष महाधिवेशन भएकाले कांगेस पार्टीको आधिकारिकता,पाँचतारे झण्डा र रुख चुनाब चिन्हको बैधानिकता आफूहरुसँगै भएको बताएका छन् । बैधानिकताका सबै प्रक्रिया समेत अघि बढाउने बताइएको छ ।
महामन्त्रीद्वयले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई कांग्रेस नेतृत्व र केन्द्रीय समिति समेतले बेवास्ता गर्न नमिल्ने भन्दै आह्वान गरेका थिए। Photo-NPL
















तपाईको प्रतिक्रिया