Thursday, 15 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleआज माघे सङ्क्रान्ति पर्व, देवघाट, टुडिखेल लगायतका स्थानमा विशेष मेला

आज माघे सङ्क्रान्ति पर्व, देवघाट, टुडिखेल लगायतका स्थानमा विशेष मेला

घिउ,चाकु, तरुलसँगै लड्डु खाने परम्परा 


काठमाडौं । आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्तिका रुपमा मनाउने गरिएको हो ।

आजका दिन गरिने स्नान, जप, तप, ध्यान साधना, दान आदि शुभ मानिन्छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने पररम्परा रहेको बताइन्छ । माघ १ गतेदेखि उत्तरायण शुुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ ।

आजकै दिन थारु,मगर लगायतका समूदायले माघी पर्व धुमधामसँग मनाउछन । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज अनिवार्य नुहाउनुपर्ने मान्यता छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख प्रधानमन्त्रीसहित दलका नेताहरुले माघे सङ्क्रान्तिको शुभकामना दिदै यस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने  विश्वास बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ