Friday, 16 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकांग्रेसको किचलो : गगन आधिकारिक कि शेरबहादुर ?

कांग्रेसको किचलो : गगन आधिकारिक कि शेरबहादुर ?


काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य स-शरीर निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरेका छन् ।

कावा सभापति खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू, नेता शेखर कोइराला लगायतका नेता कार्यकर्ता आज आयोगमा पुगेर देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबी गरेका हुन । विशेष महाधिवेशन आव्हान नगरिएको र गगन-विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको जिकिर संस्थापन दाबी गर्ने नेताहरुको रहेको छ ।

यता, यसअघि नै विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित पदाधिकारीसहित आयोग पुगेर गगन थापाले आधिकारिकताको दाबी गर्नुभएको छ । नवनिर्वाचित सभापति थापाले महाधिवेशन प्रतिनिधिको बैधानिक अधिकारको बलमा भएको विशेष महाधिवेशन नै आधिकारिक कांग्रेस भएको दाबीसहित आवश्यक कागजात बुझाउनुभएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ