Friday, 16 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनिर्वाचन आयोगले भन्यो – गगन नेतृत्वको कांग्रेस नै आधिकारिक 

निर्वाचन आयोगले भन्यो – गगन नेतृत्वको कांग्रेस नै आधिकारिक 

विरोधमा देउवा पक्ष 


काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको कार्य समितिलाई आधिकारिक मान्यता दिएको छ ।

आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेसँगै कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बन्नुभएको छ । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष पार्टी र चुनाव चिह्नविहीन बनेसँगै आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिने निर्णय समेत गरेको छ । अब महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले दिएको विवरण अनुसार कांग्रेस पार्टी अद्यावधिक हुनेछ ।

देउवा पक्षले निर्णय नमान्ने

यता, शेरबहादुर देउवा पक्षले आयोगको निर्णय नमान्ने भएको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले सम्पूर्ण नियम- कानून तथा पार्टीको विधानको धज्जी उडाएको जिकिर गर्नुभएको छ । आयोगको निर्णयलाई चुनौती दिदै देउवा समुहले विरोध गर्ने जनाएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ