नेपालसहित विदेशमा रहेका तामाङ समूदायले मनाए सोनाम ल्होछार
काठमाडौं । आज सोनाम अर्थात ग्याल्बो ल्होसार, तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाएका छन् ।
काठमाडौंको टुडिखेलमा तामाङ समुदायले परम्परागत रितिरिवाज, सांस्कृतिक महत्त्वका झाकी, जातीय पहिरनसहित ल्होछार मनाएका हुन । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरेर वर्ष फेरिनेदिन अर्थात नयाँ वर्षका रुपमा मनाइन्छ । सर्प वर्गलाई विदाई गरेर यो वर्ष घोडा वर्गलाई स्वागत गरिएको छ ।

तामाङ समूदायले अष्ट्रेलिया, अमेरिका, युके लगायतका देशमा समेत ल्होछार मनाएका छन् । उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा सोनाम ल्होछारलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् । Photo- NPL

















तपाईको प्रतिक्रिया