पानी भनेर केमिकल पिउदा अष्ट्रेलियामा २७ वर्षीया नेपाली विद्यार्थी गम्भीर विरामी
विभव कार्कीको उपचारका लागि गोफण्ड मी अभियान
काठमाडौं । पानी भनेर घर सफा गर्ने केमिकल पिउदा अष्ट्रेलियामा अध्ययनरत २७ वर्षीया नेपाली बिद्यार्थी स्वास नलीमा गम्भीर समस्या देखिएको छ ।
साथीको घरमा जानुभएका २७ वर्षीया विभव कार्की चुलो सफा गर्ने एसिड पानी भनेर पिउदा गम्भीर विरामी पर्नुभएको हो । केमिकलले खाना खाने नलीमा जलन भएपछि अप्रेसन गरेर नली नै काटेर फेर्नुपर्ने भएपछि उहाँ आफैले आर्थिक सहयोगीको खोजी थाल्नुभएको छ । यसअघि नै अस्पतालले ७० हजारको बिल थमाएको बताउदै बिभवले नेपालट्युबसँग सकेको सहयोग गरेर आफ्नो जीवन बचाईदिन आह्वान गर्नुभएको छ ।
सन २०२२ मा अष्ट्रेलिया पुग्नुभएका विभवको गत मे महिनामै विभिन्न कारणले ईन्सुरेन्स रद्ध भएको छ । विद्यार्थीका रुपमा अध्ययनरत कार्कीले घरपरिवारबाट ४०,४५ हजार अष्ट्रेलियन डलर मगाइसक्नु भएको छ । आर्थिक अभावमा पर्नुभएका कार्कीलाई गो फण्डमीको यो लिंकगो फण्डमीको यो लिंकमा गएर सकेको सहयोग गर्न सक्नुहुनेछ ।
















तपाईको प्रतिक्रिया