Monday, 2 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleनारायणी नदी क्षेत्र आप्रवासी चराहरूका कारण मनमोहक

नारायणी नदी क्षेत्र आप्रवासी चराहरूका कारण मनमोहक


काठमाडौं । नारायणी नदी क्षेत्र उत्तरी एशिया, साइबेरिया, मध्य एशिया र तिब्बती उच्चभूमिबाट नेपाल आउने आप्रवासी चराहरूका कारण मनमोहक देखिएको छ ।

उत्तरी क्षेत्रहरूमा अत्यधिक चिसो, हिउँ र आहारको अभाव भएपछि तातो मौसम, सुरक्षित बासस्थान खोज्दै यो सिजनमा हजारौँ किलोमिटर यात्रा गरेर चराहरु नेपाल आउने गर्दछन ।

चिसो बिहानको कुहिरोले ढाकिएको नारायणी नदी, बगर र वरपरका घाँसे मैदानहरू शीतकालीन आप्रवासी चराहरू र स्थानीय वन्यजन्तुहरूको गतिविधिले मनमोहक देखिएको छ ।

यस क्षेत्रमा चखेवा (Ruddy Shelduck), खोया हाँस (Bar-headed Goose), रणमत्त महाचील (Eastern Imperial Eagle), लगु राजपुत्रिका (Little Ringed Plover) जस्ता प्रमुख आप्रवासी चराहरू देख्न सकिन्छ। साथै मणितुण्डक हाँस (Goosander) जस्ता जलचर र आसपासका वन क्षेत्रमा मयूर (Peacock) देखिएका छन् ।

नारायणी जस्ता नदी, सिमसार र बगर क्षेत्रहरू आप्रवासी चराहरुका लागि जाडो बिताउने उपयुक्त स्थान बन्दै आएका छन् । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ