Wednesday, 4 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleसाहसी बालक, जसले समुन्द्रमा फसेको आफ्नो परिवार बचाए !

साहसी बालक, जसले समुन्द्रमा फसेको आफ्नो परिवार बचाए !


काठमाडौं । एउटा १३ वर्षीया साहसी बालकको यतिबेला विश्वभर चर्चा भइरहेको छ । अष्ट्रेलियास्थित वेस्टर्न अष्ट्रेलियाको समुन्द्रको बिचमा फसेका आफ्ना आमा, भाई र बहिनीलाई उद्धार गर्न ठूलो जोखिम उठाउनुभएका १३ वर्षीया अष्ट्रिनको सुपर ह्युमन भनेर विश्वभर चर्चा भएको हो ।

गत हप्ताको शुक्रबार वेस्टर्न अष्ट्रेलियाको पर्थबाट २५० किलोमिटर टाडाको समुन्द्री तटमा बिदा मनाउन आफूसँगै पुग्नुभएका ४७ वर्षकी आमा, ८ वर्षकी बहिनी र १२ वर्षका भाईसहित समुन्द्रमा फसेपछि १३ वर्षीया अष्ट्रीन ४ घण्टासम्म पौडिएर समुन्द्र तटमा आउनुभएको थियो । समुन्द्र तटबाट २ किलोमिटर पैदल यात्रा गरेर सुरक्षा निकायलाई टेलिफोन मार्फत जानकारि गराएपछि अबेर साँझ समुन्द्रमा फसेका सबै जनाको सकुशल उद्धार गरिएको थियो । खुट्टाले चलाउन मिल्ने बोट हावाहुरीले समुन्द्रको बीचमा लगेपछि १३ वर्षका अष्ट्रिनले सार्क नै सार्क भएको समुन्द्री तटमा ४ किलोमिटरसम्म पौडिएर जोखिमयुक्त यात्रा गर्नुभएको थियो । अष्ट्रीनले घटनाबारे जोखिम मोलेर समुन्द्रको बीचभागबाट बाहिर निस्किएर परिवारको सकुशल उद्धारमा गरेको साहसको चौतर्फी चर्चा भइरहेको छ ।

हवाई जहाज र पानिजहाजबाट खोजी गर्दै अबेर साँझ सकुशल उद्धार गरिएको परिवार सकुशल रहेको छ । जोखिम मोलेर आफ्नो परिवारलाई बचाउने साहसी बालक यतिबेला धेरैका लागि प्रेरणा बनिरहनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ