Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाल सिकाउँने किताब, यस्ता छन मनिषाले लेखेका नेपाली दन्तेकथाका दुई पुस्तक !

अष्ट्रेलियामा नेपाल सिकाउँने किताब, यस्ता छन मनिषाले लेखेका नेपाली दन्तेकथाका दुई पुस्तक !


ब्रिजबेन । एक लेखिकाले दन्ते कथासहितको किताव मार्फत अष्ट्रेलियामा हुर्किदै गरेका बालबालिकालाई नेपाल चिनाउने अभियानमा जोड्दै आउनुभएको पाइएको छ । मेलवर्नमा बस्दै आउनुभएकी नेपाली लेखिका मनिषा पौडेलले दन्ते कथा समेटिएका दुई किताबमार्फत नेपाली समूदायका बालबालिकामा नेपाल सिकाउँदै आउनुभएको हो ।

मनिषाले लेखेका फर्गेटफुल फ्रेडी र बेण्डी बेण्डी रोड अमेजनमार्फत समेत खरिद गर्न सकिन्छ । बेण्डी बेण्डी रोड मार्फत बच्चाको चाख, अनुमानलाई झल्काउन खोजीएको छ । जहाँ नेपालीपन र नेपाली परिवेशलाई चित्रण गरिएको लेखिका पौडेल बताउनुहुन्छ । फ्रेडीमार्फत भने आफूलाई बिर्सदा भन्ने नेपाली कितावकै भावलाई अंग्रेजी संस्करणमा उतार्न खोजिएको छ । बच्चामार्फत आफ्नो आशा अपेक्षा पुरा गर्ने भन्दा पनि कोही पनि एकै पटक परफेक्ट हुँदैनन भन्दै बच्चालाई प्रोत्साहन र परिवर्तनमा परिवारले सघाउनुपर्छ भन्ने दन्ते कथामार्फत शन्देष प्रवाह गर्न खोजिएको छ ।

नेपालको शिक्षा, पारिवारिक परिवेश, बाल मनोविज्ञानमा नेपाली पनले पार्ने प्रभाव लगायतलाई कितामार्फत नेपाली समूदायका बालबालिकामा प्रस्फुटित गराउने प्रयासका रुपमा लेखिकाले आफ्नो पुस्ताकलाई लिनुभएको छ । चित्र र कथा मार्फत नेपालीपनको आभाष दिलाउने लेखनलाई निरन्तरता दिने समेत पौडेलले बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ